कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुलाई सास्ती
काठमाडाैं | पुस १९, २०७९
सुर्खेत: गत असोजमा आएको बाढी पहिरोले भत्किएर क्षतविक्षत भएको कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । सवारी साधन सञ्चालनका लागि मात्र खोलिएको राजमार्ग अचेल जोखिमपूर्ण अवस्थामा रहेको छ ।
प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मे छ त्यसमा पनि साँगुरो अहिले सुर्खेतदेखि जुम्लासम्म यात्रा गर्नेहरू धुलोले चिन्न नसक्ने अवस्थामा पुग्ने गरेका छन् । सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तर उन्नति लगायतका काम गर्न नसक्दा राजमार्गको अवस्था बिजोक भएको छ । जसका कारण कर्णाली राजमार्ग खाल्डाखुल्डी, साँगुरो र धुलाम्मे छन् ।
बर्सातले तहसनहस पारेको कर्णाली राजमार्गलाई सरकारले विशेष बजेटसहित सडक सुधार गर्न पहल नगरेको यात्रुहरूको गुनासो छ । बर्सेनि जुम्ला, कालिकोट, मुगु, हुम्ला र दैलेखका स्थानीयहरू चुपचाप सास्ती खेपेरै यात्रु गर्नुपर्ने बाध्यता छ । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमित बजेट बाहेक थप बजेट व्यवस्थापन हुन सकेको छैन । राजमार्गको अवस्था बिग्रँदा दुर्घटना जोखिम पनि बढेको छ । प्राय कालिकोट र दैलेख खण्डमा सडक बिग्रेको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले कालिकोट जुम्ला र मुगुसम्मको सडक सुधारका लागि काम भइरहेको बताउनुभयो । ठुलो क्षति भएकाले सुधारका कामहरू भई रहको भए पनि तत्काल सडक स्तर उन्नतिका लागि गाह्रो हुने श्रेष्ठको भनाई छ ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोटको सेराबाडा देखि नाग्मसम्म २६ किलोमिटर सडक पहिरोले धुलाम्मे छ । कालिकोटको नाग्मदेखि गमगढीसम्म ९३ किलोमिटर सडकमा १८ किलोमिटरभित्र पहिरो गएको थियो । त्यस्तै कालिकोटको पिली, सेरी बाडा, भिक्म र बालीमा ठुलो पहिरो गएको थियो । त्यहाँ सडक नै बगाएका कारण नयाँ सडक खोलेर गाडी सञ्चालनमा ल्याइएको छ । दैलेख खण्डमा बर्सातमा गएको पहिरोले हिउँदमा कर्णाली राजमार्गको यात्रा गर्नेहरू साँगुरो र धुलाम्मे सडक हुँदै हिँड्नुपर्ने बाध्यता छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

